
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले लकडाउनबारे स्पष्ट नीति नल्याउँदा व्यवसायीहरुले चौतर्फी विरोध गर्न थालेका छन् । मंगलबार नयाँ बानेश्वरका व्यवसायीहरुले लकडानको विरोध गर्दै सरकारलाई आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । नयाँ बानेश्वर व्यापार व्यवसायी संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै व्यवसाय गर्ने सहज वातावरण नबने आन्दोलन गर्ने चेतावनी दिएको हो ।
यस्तै संघले विभिन्न ५ वटा मागहरु अघि सारेको छ । वैज्ञानीक घर भाडा निर्धारण, लकडाउन अवधिको घरभाडा छुट, बैंक तथा बित्तिय संस्थाको ऋण मिनाहा, सरकारलाई तिर्नुपर्ने विविध कर र बालबच्चाको विद्यालय शुल्क तथा व्यापारी व्यवसायीहरुको व्यवसाय सुचारु गर्न विशेष आर्थिक प्याकेज घोषणा गर्न संघले माग राखेको छ । संघले राखेका मागहरु पुरा नभए आन्दोलनमा जान बाध्य हुने संघका अध्यक्ष रामशरण गिरीले बताए ।
यस्तै न्युरोड, मैतीदेबीलगायतक स्थानका व्यवसायीहरुले पनि व्यवसाय खोल्न पाउनु पर्ने भन्दै लकडाउनको विरोश गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्