×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भाउ बढेपछि न्युरोडका सुनपसलमा सुनको विक्री ठप्प प्राय:, ‘बेच्नेहरु ह्वात्तै बढेपछि व्यवसाय नै संकटमा…’ (फोटो कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सुनको भाउ ह्वात्तै बढेपछि बजारमा सुनको विक्री ठप्प प्राय: हुन थालेको छ । सुनको मूल्य ९० हजार हाराहारी पुगेपछि सुन किन्नेहरू स्वात्तै घटेका हुन् । यहि बेला सुन बेच्नेहरु बढेपछि व्यवसायीहरु मर्कामा परेका छन् । ‘बाइ-ब्याक ग्यारेन्टी’सहित बेचिएका सुन किन्नैपर्ने बाध्यता र लकडाउनका कारण मर्कामा परेको व्यवसायले व्यवसायीहरुलाई सार्है अफ्ट्यारो पार्न थालेको छ । 
यसैबीच यहि समस्याका कारण न्युरोडका धेरै सुनपसलहरु अहिले बन्द गरिएका छन् । खुलेकामा पनि सुनको विक्री ठप्प प्राय छ भने बेच्नेहरुको भने बढेका छन् । ‘ग्राहक आउंदैआउंदैनन्, आयो भनेपनि बेच्न आउँछन्, यसरी त व्यवसाय नै संकटमा पर्ने भयो। ‘ एक सुन व्यवसायी भन्छन्, ‘अव घरभाडा कसरी तिर्ने, स्टाफहरुलाई तलव कसरी खुवाउने, निकै समस्या परेको छ ।’
हेरौं न्युरोडका सुनपसलहरुको कथा फोटो फिचरमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: