
- सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
कैलाली । कैलालीमा एटिएम चोरहरुको बिगबिगी बढेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरी पैसा चोरी गर्न खोज्ने पक्राउ परेको घटना सेलाउन नपाउँदै धनगढीमा रहेको एनआईसी एसिया बैंकको एटिएममा गयराती तोडफोड भएको छ । धनगढी चौराहमा रहेको प्रादेशिक कार्यालयको एटिएम विहिवार राती १२ बजे तोडिएको छ । माक्स लगाएका र हातमा पहेलो कलरको घडी लगाएका लुटेराले राती १२ बजे सिसिटिभी उल्टो फर्काएर एटिएम तोडफोड गरेको सिसिटिभीमा देखिएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । एटिएमबाट पैसा चोरियो वा छैन भन्ने विषयमा प्रहरीले केहि पनि खुलाएको छैन ।

चोरहरुको निशानामा एनआइसी एशिया बैंक !
यसो त यसअघि कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरी पैसा चोरी गर्न खोज्ने पक्राउ परेका थिए । बैशाख १७ गते राति ११ बजेको समयमा महेन्द्रनगर रोडमा स्थित बैंकको तल्लो तलमा रहेको एटिएम मेसिनमा तोडफोड गरी पैसा चोर्न खोज्ने बझाङको थलरा गाउपालिका १ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर मटेना ससुरालीमा बस्दै आएका २२ वर्षीय सुनिल खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको झन्डै डेढमहिनापछि पुन: धनगढीको एनआइसी एशिया बैंकको एटिएम फोड्ने प्रयास भएको छ । लुटेरा हाल फरार छन् ।

लुटेराहरुको मनोविज्ञान, ‘पैसा हुन्छ त एनआइसीकै एटिएममा हुन्छ’
नेपालको अग्रणी वाणिज्य बैंकको छवि बनाएको एनआइसी एशिया धनगढी आसपासमा समेत सबैभन्दा बढी ग्राहक संख्या भएको बैंक हो । एनआइसीको लोकप्रिय ब्राण्डका कारण पनि लुटेराहरु पैसा हुन्छ त एनआइसी एशिया बैंकमै हुन्छ भन्ने मनोविज्ञानका साथ यस्ता अपराराधिक घटना घटिरहेको कैलाली प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्