×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्तको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला, न्युनतम १० कित्ता भर्न पाइने ( विवरणसहित)

PRIME CA

एनआईसी एशिया लघुवित्तको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला, न्युनतम १० कित्ता भर्न पाइने ( विवरणसहित)

अर्थ सरोकार

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया लघुवित्तको ४७ लाख ५५ हजार कित्ता आइपीओ आज (बुधबार, असार १० गते)देखि बिक्री खुल्ला भएको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँको दरले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुल्ला गरेको हो। उक्त लघुवित्तको आइपीओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन सकिनेछ । 
कम्पनीले निस्कासन आईपीओमध्य ०.५% कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५% विभिन्न सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी लघुवित्तको सेयरमा आम लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । आवेदन दिने प्रारम्भिक अन्तिम मिति असार १४ गते सम्म हुनेछ । यद्यपी सो समयसम्म सम्पूर्ण कित्तामा आवेदन नपरेमा आवेदन दिने म्याद असार २४ गते सम्म थपिनेछ । 

संस्थाको बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: