×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्तको आईपीओ असार १० देखि आउँदै, न्युनतम १० कित्ता भर्न पाइने (विस्तृत विवरणसहित)

PRIME CA

एनआईसी एशिया लघुवित्तको आईपीओ असार १० देखि आउँदै, न्युनतम १० कित्ता भर्न पाइने (विस्तृत विवरणसहित)

अर्थ सरोकार

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले सहायक कम्पनी एनआईसी एशिया लघुवित्तले भोलि (बुधबार, असार १० गते)देखि आइपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने लागेको हो। उक्त लघुवित्तले निष्कासन गर्न लागेको आइपीओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन सकिनेछ । 
कम्पनीले निस्कासन गर्न लागेको कुल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओमध्य ०.५% कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५% विभिन्न सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी लघुवित्तको सेयरमा आम लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । आवेदन दिने प्रारम्भिक अन्तिम मिति असार १४ गते सम्म हुनेछ । यद्यपी सो समयसम्म सम्पूर्ण कित्तामा आवेदन नपरेमा आवेदन दिने म्याद असार २४ गते सम्म थपिनेछ । 

संस्थाको बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: