×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाविरुद्द लड्न चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका लागि ५ अर्ब निकासा !

LAXMI SUNRISE BANK

कोरोनाविरुद्द लड्न चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका लागि ५ अर्ब निकासा !

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ५ अर्ब रुपैयाँ निकासा भएको छ । सोमबार संसदमा बजेट छलफलमा उठेका प्रश्नबारे जवाफ दिँदै अर्थमन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि उक्त रकम निकासा गरिएको बताएका हुन् । उनले चालु आव भित्रै कोरोना रोकथामसँग सम्बन्धित सामाग्री खरीदमा सो रकम निकासा गरिएको जनाएका हुन् । 
आगामी आवमा सरकारले कोरोनासँग सम्बन्धित आकस्मिक प्रयोजनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । छलफलमा भाग लिँदै सांसदहरुले ६ अर्ब कम भएको बताएका थिए । जवाफमा अर्थमन्त्री डा. खतिवडाले मन्त्रालयले आफ्नो नियमित बजेटबाट पनि कोरोना रोकथाममा काम गर्ने भन्दै ६ अर्ब केवल आकस्मिक अवस्थाका लागि मात्र छुट्याइएको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी