×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिलाहरुका लागि सुरक्षित र व्यवस्थित क्वारेन्टाइन बनाउनू : संसदीय समिति (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

महिलाहरुका लागि सुरक्षित र व्यवस्थित क्वारेन्टाइन बनाउनू : संसदीय समिति (भिडियो रिपोर्ट)

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टीमिडिया ब्युरो
काठमाडौं । संसदीय समितिले क्वारेन्टाइनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टाइनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टिनहरु पूर्ण रुपमा महिला मैत्रि नभएकाले यौंन हिंसाका घटनाहरु बढेकोले मर्यादित र सुरक्षित क्वारेन्टिनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।
सांसदहरुले क्वारेन्टिनहरु व्यवस्थित नभएको गर्भवति महिलाहरुको पीसीआर परीक्षण समयमै नहुदा समस्या भएको बताएका छन् । सांसद अमृता थापाले सुत्केरी महिलाहरुको पीसीआर रिपोर्ट ढिला आउँदा अप्रेसनमा समस्या हुने गरेको बताउनुभयो । उहाँले पीसीआर परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । महिलाहरु रहेको क्वारेन्टिनको सुरक्षाका लागि महिला प्रहरीको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले महिला प्रहरीको अभाव देखिए म्यादी महिला प्रहरी भर्नाको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
सांसद हिरा गुरुङले क्वारेन्टिनहरुमा महिलामाथि हिंसाका घटना बढिरहेको अवस्थामा मन्त्रालयले के गरिरहेको छ भन्दै प्रश्न गर्नुभयो । क्वारेन्टिनमा सुत्केरी महिलाहरुले दुःख पाइरहेको उल्लेख गर्दै उहाँले मन्त्रालयको तर्फबाट के कस्तो सहयोग भइरहेको छ भन्नुभयो । सांसद महेन्द्र कुमारी लिम्बुले महिलामाथि हुने हिंसाका घटनाहरुमा बोल्न नसक्ने मन्त्री र समिति सभापतिले राजीनामा दिनुपर्ने पर्ने बताउनुभयो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री समेत सहभागि कार्यक्रममा अर्का सांसद गंगा चौधरीले क्वारेन्टिनमै महिलामाथि हिंसाका घटनाहरु बढिरहेको भएपनि मन्त्रालय र समितिले तदारुकता नदेखाएको बताउनुभयो । लक डाउनको समयमा सांसदहरुलाई आफ्नो गाउँ जान कुनै समस्या नभएपनि महिला हिंसा बढिरहेको क्षेत्रमा गएर अध्ययन गर्न के ले रोक्यो भन्दै उहाँले प्रश्न गर्नुभयो । उहाँले महंगा कार्पेट किन्नु भन्दा सीप भएका महिलाहरुलाई प्रोत्साहन गरी स्थानीय स्तरमा उत्पादन हुने गुन्द्री प्रयोग गर्न आग्रह गर्नुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: