×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्याेरेन्स कम्पनीको स्थगित हकप्रद सेयर पुन: खुल्दै, फारम भर्न कहाँ जाने ?

PRIME CA
GLOBAL IME BANK

एनएलजी इन्स्याेरेन्स कम्पनीको स्थगित हकप्रद सेयर पुन: खुल्दै, फारम भर्न कहाँ जाने ?

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनएलजी इन्स्याेरेन्स कम्पनीकाे हकप्रद शेयर पुन: निष्काशन गरिने भएकाे छ । कम्पनीले गत फागुन २२ गतेदेखि चैत्र २७ गतेसम्म ६० प्रतिशत अर्थात १०:६ काे अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे । तर काराेना भाइरसकाे जाेखिम न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनका कारण बीचैमा अर्थात चैत्र ११ गतेदेखि नै स्थगित भएको थियो ।
उक्त हकप्रद शेयर अब असार ९ गते मंगलबारबाट पुनः बिक्री खुला हुनेछ । साे हकप्रद शेयरमा लगानीकर्ताले १०:६ को अनुपातमा असार ९ गते मंगलबारदेखि असार २५ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयाेजनका लागि माघ २७ गते, साेमबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे थियाे । तसर्थ, माघ २६ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीकाे हकप्रद बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय, लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत हकप्रद शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: