
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद सेयर पुनः बिक्री खुल्ला भएको छ । लकडाउनका कारण स्थगित भएको हकप्रद सेयर पुनः बिक्री खुल्ला भएको हो । यसअघि कम्पनीले २०७६ फागुन ११ गतेदेखि चैत १२ गतेसम्म सेयर निष्काशन गरेको थियो । तर त्यसपछि लकडाउन भएसँगै कम्पनीको सेयर निष्काशन पनि स्थगित भएको थियो ।
हाल सबै कार्यालयहरु खुला भएसँगै कम्पनीले स्थगित रहेको हकप्रद सेयरको पुनः बिक्री शुरु गरेको छ । यससँगै इच्छुक सेयरधनीले असार ९ गतेदेखि आगामी असार २५ गतेसम्म(बैंकिङ्ग समयभित्र) आवेदन दिन सक्नेछन् ।
उनीहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर मार्फत उक्त मितिसम्ममा आवेदन दिन सक्ने कम्पनीका बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्