×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधि २०७७ सार्वजनिक, ग्राहकले ३ देखि ५ प्रतिशत ब्याजदरमा पुनरकर्जा पाउने !

PRIME CA

नेपाल राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधि २०७७ सार्वजनिक, ग्राहकले ३ देखि ५ प्रतिशत ब्याजदरमा पुनरकर्जा पाउने !

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । कोरोना  भाइरसले अर्थतन्त्रलाई परेको प्रभावलाई मध्यनजर गर्दै यसको परिमार्जन गर्न सरोकारवाला निकायसँग पनि सुझाव मागेको छ । राष्ट्र बैंकले सरोकारवाला निकायलाई आगामी १५ दिनभित्र सुझाव दिन अनुरोध गरेको छ । सार्वजनिक मस्यौदा अनुसार साधारण पुनरकर्जा प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २०%  भन्दा बढी नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यस्तै लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा बैंकहरुले ऋणिबाट ५ प्रतिशत व्याज लिन पाउने छन भने विशष पुनरकर्जामा तीन प्रतिशत र साधारण पुनरकर्जामा ५ प्रतिशतसम्म ब्याज लिन पाउने छन्।

साथै, राष्ट्र बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनरकर्जाको अधिकतम सीमा भने १० करोड रुपैयाँ हुनेछ । यस्तो रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७०% भन्दा बढी नहुने उक्त मस्यौदामा उल्लेख छ । इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १०% भन्दा बढी नहुने राष्ट्र बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: