Skip to content
LAXMI SUNRISE BANK

‘कोरोनाले ऋणीलाई समस्या पार्यो, वर्किङ क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाऔँ…’

अर्थ सरोकार

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिँदै बैंकर्स संघले भन्यो - 'ऋणपत्र निष्काशन अनिवार्य नगरौँ...'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल बैंकर्स संघले वर्किङ क्यापिटल लोनको सीमा बढाउनुपर्ने माग गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिँदै संघले कोरोना भाइरसका कारण ऋणीलाई ठुलो समस्या परेको भन्दै वर्किङ क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाउन माग गरेको हो । यसो त उक्त माग  व्यवसायीहरुले पनि उठाउँदै आएका थिए । तर त्यो सीमा बढ्न सकेको थिएन ।
संघले राष्ट्र बैंकलाई सुझाव दिँदै ‘कोभिड-१९ र सोका कारण भएको बन्दाबन्दी पछिको अवस्थामा व्यक्तिगत रुपमा कर्जा लिई कारोवार गरी रहेको ऋणीहरुको समस्यालाई सम्बोधन गर्नका लागि अर्थिक वर्ष २०७७/७८ का लागि ओभरड्राफ्टलगायत व्यक्तिगत वर्किङ क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाउन उपयुक्त हुने देखिन्छ ।’ भनेको छ ।
यस्तै ‘साना तथा मझौला उद्योगहरुको विकासका लागि भेन्चर क्यापिटलको विकास आवश्यक रहको र यस्ता कम्पनीहरुबाट साना तथा मझौला उद्योगहरुमा लगानी गर्ने पूँजी जुटाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले यस्ता कम्पनीहरुले स्थापना गर्ने कोषको प्रवद्र्धक भई काम गर्न सक्ने नीतिगत व्यवस्था गर्न उपयुक्त हुने संघको सुझाव छ । यसमा म्यूच्यूअल फण्डको मोडेलमा समेत काम गर्न सकिने’ संघले भनेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK