Skip to content
LAXMI SUNRISE BANK

विश्वभर एक सय ५८ नेपालीको मृत्यु, २६ हजार बढीमा संक्रमण पुष्टी, निको हुनेको संख्या कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना भाइरसका कारण  विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले हालसम्म एक सय ५८ नेपालीको मृत्यु भएको जनाएको हो । यस्तै विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टी भएको छ भने १८ हजार ७०० नेपाली सङ्क्रमण मुक्त भएको एनआरएनएले जानेको छ ।
एनआरएनएका अनुसार खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ । साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ ।
हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड-१९ का कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली सङ्क्रमणबाट मुक्त भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK