×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दरमा उल्लेख्य कमी आयो’ : एनआरएनए

LAXMI SUNRISE BANK

‘विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दरमा उल्लेख्य कमी आयो’ : एनआरएनए

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ ।
एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका अनुसार गत हप्ता कतारमा चारजना, कुबेत र युकेमा एक÷एक गरी ६ जनाले ज्यान गुमाएका थिए । विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ । सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।
संयोजक सापकोटाका अनुसार विदेशमा १४ हजार ४५४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएका छन् ।सरकारले मित्रराष्ट्र भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको शुरुआतको सो सस्थाले स्वागत गरेको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताउनुभयो ।
सरकारले लकडाउन भएको ७४ दिनपछि सरकारले पहिलोपटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ । विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीको फिर्ता प्रक्रियालार्ई व्यावहारिक बनाउन उसले आग्रह समेत गरेको छ । उहाँले नेपालीको फिर्तीका लागि भोगेका समस्याका बारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी