- अर्थ सरोकार सम्बाददाता
नुवाकोट । नेपालमा थप ७ जनामा कोरोना सक्रमण पुष्टी भएको छ । चितवनको भरतपुर अस्पतलामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण देखिएको भरतपुर अस्पतलले जनाएको हो ।
भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका १४ का ३६ वर्षीया महिला, नवपुर बुढीकालीका २० वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै नुवाकोटको ताराकेश्वर नगरपालिकाका ६ वर्षीया बालिका र ३१ वर्षीया महिलामा संक्रमण देखिएको छ ।
यस्तै अर्खाखाँचीको भुमिकास्थान नगरपालिका-६ का २०, ३५, ३५ वर्षका पुरुषमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।