
- अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । सरकारी तथा गैरसरकारी कार्यालयहरु लक डाउनको ८३ दिनपछि खुलेका छन् । सरकारको निर्णय अनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन् । विहान ८ बजेटबाट दिउँसो १ बजेसम्म र १ बजेटबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन् ।


सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु पनि सञ्चालनमा आएका छन् । लक डाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको छ । सरकारले जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेपनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ ।


कार्यालय प्रवेश गर्नुअगाडी सामाजिक दुरी कायम गर्दै तापक्रम लिने गरिएको छ । हात धोएर कार्यालय भित्र समेत सामाजिक दुरी कायम गर्नुपर्ने बताइएको छ । सेवाग्राहीहरुले समेत सेवा लिँन जाँदा सामाजिक दुरी कायम गर्नुपर्ने छ । मन्त्रिपरिषद्को जेठ २८ गतेबसेको बैठकले आजबाट कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

लक डाउन खुकुलो भएपनि मानिसबढी भिडभाड हुने ठाउँ, शैक्षिक संस्था, अनुमति प्राप्त बाहेक सम्पूर्ण उडानहरु, सभा सम्मेलन सबै लगायतका क्षेत्र बन्द रहेका छन् । पैदल आवागमन भने खुला गरिएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्