
- अर्थ सरोकार सम्बाददाता
ओखलढुंगा । ओखलढुंगामा कोरोना संक्रमण पुष्टि भएसँगै पिसिआर परीक्षणको दायरा बढाइएको छ । आइतबार लिखु गाउँपालिकामा एक युवामा संक्रमण भएसँगै पछिल्लो समय जिल्लाभर आवतजावत तथा सीमामा सतर्कता अपनाइएको छ।
संक्रमण देखिएका ती युवामा कुनै लक्षण देखिएको छैन। अवस्था सामान्य रहेको र उनलाई मोरङको गोठगाउँस्थित कोभिड अस्पताल पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए। प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जिल्लामा पिसिआरको परीक्षण दायरा बढाइएको र सीमा तथा आवतजावतमा कडाइ गरिएको छ। संक्रमितसँग यात्रामा महोत्तरी आएका ३६ जनाको पहिचान गरेर परीक्षण गराउन सम्बन्धित जिल्लामा समन्वय भइरहेको पौडेलले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्