×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओखलढुंगामा पहिलो पटक देखियो कोरोना, भारतबाट फर्किएका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ओखलढुंगामा पहिलो पटक देखियो कोरोना, भारतबाट फर्किएका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टी !

Artha Sarokar

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ओखलढुंगा । ओखलढुंगामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।
भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् । आइतबार पीसीआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि ओखलढुंगा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी