
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । बुधबार प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा झापा, मोरङ र उदयपुरका गरी १४ जनामा संक्रमण पुष्टी भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए ।
आज मोरङको रतुवामाई नगरपालिकामा ९ जना, झापाको झापा गाउँपालिकामा १ जना र उदयपुरको त्रियुगा नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितमध्ये १८१ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्