
- अर्थ सरोकार सम्बाददाता
बारा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १८२ थियो ।
सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १८५ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । यस प्रदेशबाट मङ्गलबार २८ सङ्क्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म सङ्क्रमितमध्येबाट ५०६ उपचारपश्चात निको भएर घर फर्केको सचिव डा. घिमिरेले बताए ।
प्रदेशमा अहिलेसम्म ३४ हजार ४४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार २२८ जनाको रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म १५ हजार ७३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७८२ मा पोजिटिभ देखिए भने १४ हजार ९५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्