×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ मा थपिए १३ जना संक्रमित, संक्रमितको संख्या १ सय ८५ पुग्यो !

PRIME CA
GLOBAL IME BANK

प्रदेश १ मा थपिए १३ जना संक्रमित, संक्रमितको संख्या १ सय ८५ पुग्यो !

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

विराटनगर
  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पाँच जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मोरङको रंगेली नगरपालिकामा २ जना पुरुष, झापामा १ जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ७ जना पुरुष, धनकुटाको सहिदभूमि गाउँपालिकामा १ जना पुरुष र तेह्रथुमको आठराईमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टी भएको हो ।
विराटनगर र धरानको प्रयोगशालमा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । प्रदेश १ मा संक्रमितको संख्या १८५ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: