- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएका एकजना प्रहरी कोरोना मुक्त भएका छन् । उनलाई मंगलबार टेकु अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
खोटाङबाट उदयपुर हुँदै काठमाडौं आएका उनको ७ असारमा पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको थियो । तीन दिनपछि आएको रिपोर्टमा उनमा संक्रमण देखिएको थियो । त्यसको ६ दिनपछि पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
उनलाई संक्रमण देखिएलगत्तै महाशाखाका थप ५ जना प्रहरीलाई पनि क्वारेन्टिनमा राखिएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आइसकेको छ ।