Skip to content
LAXMI SUNRISE BANK

संक्रमित भेटिपछि बन्द अस्पतालको नियमित सेवा पुनः शुरु

अर्थ सरोकार

काठमाडौँ । जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहीबारबाट पूर्णरूपमा सञ्चालन भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिए ।
अस्पतालका अनुसार बिहीबार पहिलो दिन ओपिडीमार्फत ३५ बिरामीले सेवा लिएका छन् । कोरोना पोजेटिभ देखिएका युवाको सम्पर्कमा रहेका कारण अस्पतालका स्वास्थयकर्मी क्वारेन्टिनमा बसेका थिए । अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको कोरोना पिसीआर रिपोर्टसमेत नेगेटिभ आएको छ । – रासस 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK