Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानी स्टक एक्सचेञ्जको भवनमा बन्दूकधारीको आक्रमण, केही व्यक्तिको मृत्यु

अर्थ सरोकार

काठमाडौं । कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गरेका छन् । उक्त आक्रमणबाट कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ । समाचारहरूमा प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा संलग्न चार जनालाई मारिएको बताइएको छ ।
बलोच लिबरेशन आर्मीले घटनाको जिम्मेवारी लिएको छ । पाकिस्तान स्टक एक्सचेन्जले एउटा वक्तव्यमा घटना टुंगिन बाँकी भएको जनाएका छन् । त्यसका निर्देशक अविद अलि हबिबले कार पार्किङबाट आक्रमणकारीहरू प्रवेश गरेका र उनीहरूले ’सबैमाथि गोली हानेको’ बताएका छन् । जियो टीभीले भवनको पछाडिको ढोकाबाट मानिसहरूलाई उद्धार गरिएको बताएको छ । -बीबीसी
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK