×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाल्पाको मिसन अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, कोरोना परीक्षण हुँदै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

पाल्पाको मिसन अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, कोरोना परीक्षण हुँदै !

बैतडी
  • अर्थ सरोकार सम्बाददाता 
पाल्पा । पाल्पामा एक व्यक्तिको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार ४६ वर्षिय रामबहादुर मगरको मिसन अस्पतालको आइसोलेसमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले मृत्यु भएका उनको स्वाब परीक्षणको रिपोर्ट नआएकाले कोरोना संक्रमणबाट मृत्यु भएको हो वा होइन भन्ने नखुलेको बताए । 
उनी पूर्वखोला गाउँपालिका १ सिलुवाका हुन् । उनी वडा नम्बर २ जल्पाको शम्भु माविको क्वारेन्टिनमा बस्दै आएका थिए । स्वास्थ्य अवस्था विग्रँदै गएपछि सोमबारमात्र उनलाई मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए । भारतको मुम्बईबाट आएका मगर जेठ १८ गते क्वारेन्टिनमा पुगेका थिए । मृतकको स्वाब संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । मृत्युपछि पुनः स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: