×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाल्पामा फेरी थपिए ३१ जना कोरोना संक्रमित, आज मात्रै १२४ जनामा संक्रमण पुष्टी !

PRIME CA
GLOBAL IME BANK

पाल्पामा फेरी थपिए ३१ जना कोरोना संक्रमित, आज मात्रै १२४ जनामा संक्रमण पुष्टी !

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पाल्पा । पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जना संक्रमित थपिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका उनीहरु तानसेन नगरपालिकाको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
संक्रमित पुष्टी हुनेमा पूर्वखोला गाउँपालिका–१ हेक्लाङस्थित जनमार्ग माध्यमिक विद्यालय र मदन–आश्रित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २१ जना, रम्भा गाउँपालिकाका ६ जना र तिनाउ गाउँपालिकामा २० वर्षीय एकजना पुरुष हुन् । 
आज बिहानै पनि पाल्पामा ९३ जनामा संक्रमण पुष्टी भएको थियो । पाल्पामा कोरोना संक्रमितको संख्या ३७२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: