×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाल्पामा बिहिबार ठुलो संख्यामा थपिए संक्रमित, कति पुग्यो संक्रमितको संख्या ?

PRIME CA
GLOBAL IME BANK

पाल्पामा बिहिबार ठुलो संख्यामा थपिए संक्रमित, कति पुग्यो संक्रमितको संख्या ?

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
बुटवल । बिहिबार पाल्पा जिल्लामा एकैसाथ ९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ३ सय ३९ पुगेको छ ।
भरतपुर अस्पतालले बिहीबार बिहान विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । प्रदेश ५ मा बुधबार मात्रै पाल्पाका १४ जनासहित १०८ जना नयाँ संक्रमित थपिएका थिए । प्रदेश जनस्वास्थ्य निर्देशनालयले बुधबार राति अबेर अद्यावधिक गरेको तथ्यांक अनुसार प्रदेश ५ मा कारोना संक्रमितको संख्या २ हजार ९ सय ४ पुगेको थियो । पाल्पामा ९३ जना संक्रमित थपिएसँगै प्रदेश ५ मा संक्रमितको संख्या तीन हजार नजिक पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: