- अर्थ सरोकार सम्बाददाता
बुटवल । पाल्पामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका ४१, ३२ र ३२ वर्षका तीनजना पुरुषसहित ३१ जनामा कोरोना पुष्टि भएको हो ।
प्राप्त भएको जानकारी अनुसार तानसेन नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित फेला परेको हो । यस्तै, पूर्वखोला गाउँपालिका–१ हेक्लाङस्थित जनमार्ग माध्यमिक विद्यालय र मदन-आश्रित आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका २१ जना, रम्भा गाउँपालिकाका ६ जना र तिनाउ गाउँपालिकामा २० वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ३७२ पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्