
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आलोपालो पसल खोल्न दिने निर्णय खारेज गरेको छ । व्यवसायी र सर्वसाधरणले तोकिएको शर्त तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरु पालना नगरेका कारण कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको शुक्रबार साँझ बसेको बैठकले उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जेठ २१ गतेको निर्णय नम्बर २ को बुँदा नम्बर ५ र ६ मा उल्लेखित व्यवसाय सञ्चालन गर्न दिने निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय भएको हो । जेठ २१ गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबारदेखि आलोपालो गरी पसल खोल्न दिने निर्णय गरेको थियो ।
सो निर्णय अनुसार जोर गतेका दिन कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका सामान बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने अनुमति दिइएको हो । यसैगरी विजोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।
जेठ २१ गतेको निर्णय :

जेठ २३ गते साँझ गरेको निर्णय :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्