- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रदेश २ मा दुई सैनिकसहित ५ जनाले कोरोना जितेका छन् । पर्साको नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा उपचाररत ५ जनाले कोरोना जितेका हुन् । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै बिहीबार ५ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा बाराका २ जना र पर्साका ३ जना रहेका छन् । बाराको कलैयामा कार्यरत ३५ र ३६ वर्षीय २ सैनिक डिस्चार्ज भएका छन् । यस्तै पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय पुरूष, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का २५ वर्षीय पुरूष र वडा नम्बर १६ का ७० वर्षीय पुरूष डिस्चार्ज भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले बताए ।
हालसम्म पर्साको नारायणी अस्पतालबाट ७२ जना र नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकबाट ३० जना कोरोना भाइरसलाई पराजित गरि घर फर्केका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्