×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा थप एक जनामा कोरोना संक्रमण पुष्टी

PRIME CA

पर्सामा थप एक जनामा कोरोना संक्रमण पुष्टी

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । पर्सामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पर्साको पोखरियास्थित क्वारेन्टिनमा बस्दै आएकी १५ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको ल्याबले जनाएको छ । बुधबार ९१ वटा नमुना परीक्षण गरिएकोमा उनको मात्रै रिपोर्ट पोजेटिभ आएको थियो ।
भारतको दिल्लीबाट जेठ ८ गते आमा र बुवासँगै आएकी उनको दोस्रो पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट आएदेखि नै उनीहरुलाई पोखरियाको रामदेव कलवार प्राविधिक विद्यालय स्थित क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमै जेठ १३ गते उनीहरु तीनै जनाको थ्रोट स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । १५ गते रिपोर्ट आउँदा बुवाको पोजेटिभ देखिएको थियो । त्यसपछि उनी गण्डकस्थित आइसोलेसनमा उपचाररत छन् ।
तीन दिनपछि रिपोर्ट आएकोले उनको ‘कन्ट्याक्ट ट्रेसिङ’मा आमा-छोरी दुवैको १९ गते पुनः पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको थियो । बिहीबार साँझ आएको रिपोर्ट अनुसार छोरीमा पोजेटिभ देखियो भने आमाको रिपोर्ट नेगेटिभ आएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । पोखरियाको जिल्ला उचाङ्गल रामदेव साह कलवार प्राविधिक विद्यालय स्थित क्वारेन्टिनमा ३८ जनालाई राखिएको छ । जसमध्ये २ जनाको मात्रै पीसीआर परीक्षण गर्न बाँकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: