×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा एकैसाथ कोरोना संक्रमण पुष्टी, आकस्मिकबाहेकका सेवा बन्द (विज्ञप्तिसहित)

PRIME CA

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा एकैसाथ कोरोना संक्रमण पुष्टी, आकस्मिकबाहेकका सेवा बन्द (विज्ञप्तिसहित)

५ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पर्वत । पर्वत जिल्ला अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए ।

पर्वत अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै अस्पतालका सेवा बन्द गरिएको जानकारी दिएको हो । अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमित सबै भारतबाट आएका डा. देवकोटाले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: