
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ । सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ।
ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ । जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ । यस्तै निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ । निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत समावेश गर्नुपर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्