
कैलाली- उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताएका छन् । गेटा विमानस्थलमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै मन्त्री भट्टले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास निर्माण अघि बढ्ने बताए ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाएको उनले बताए । उनले कोरोना परीक्षणका लागि सुदूरपश्चिमका थप तीन ठाउँमा पीसीआर मेसिन राख्ने तयारी सरकारले गरिरहेको बताए । कञ्चनपुरको दोधरा–चाँदनीमा सुक्खा बन्दरगाहसँगै औद्योगिकग्रामको काम अघि बढ्ने उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोनाको अवस्थाबारे बुझ्न मन्त्रीसहितको एक उच्चस्तरीय टोली पुगेको जनाइएको छ । सो टोलीले सुदूरपश्चिमको प्रमुख सीमानाका गौरीफन्टा, विभिन्न स्थानमा रहेका ठाउँमा क्वारेन्टिनलगायत औद्योगिक क्षेत्रको पनि अनुगमन गर्ने जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्