×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्यानमारबाट आएका नेपाली आजै घर जान पाउने, सबैको पिसिआर रिपोर्ट ‘नेगेटिभ’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

म्यानमारबाट आएका नेपाली आजै घर जान पाउने, सबैको पिसिआर रिपोर्ट ‘नेगेटिभ’ !

Artha Sarokar

२३ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । म्यानमारबाट उद्धार गरी ल्याइएका २६ जना नेपालीहरु आजै घर जान पाउने भएका छन् । पिसिआर विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घरमा पठाउन लागिएको हो । साँझ ५ः४४ बजेसम्ममा वसुन्धारास्थित यति पार्टी प्यालेसको होल्डिङ सेन्टरबाट ९ जना घर गइसकेको सैनिक स्रोतले जनाएको छ । 
घरमा पनि उनीहरुले सरकारले तोकेको क्वारेन्टिनको मापदण्ड पूरा गर्नुपर्नेछ भने होल्डिङ सेन्टरमा उनीहरुलाई त्यसबारे प्रतिबद्धता पत्रमा सेनाले हस्ताक्षर समेत गराएको छ । म्यानमारबाट बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ४, प्रदेश १ का ४ र प्रदेश ५ का एक जनालाई सरकारले उद्दार गरेको हो । उपत्यका बाहिर घर हुने व्यक्तिमध्ये पनि अधिकांशले काठमाडौंमै बस्ने व्यवस्था गरेका छन् । 
अन्यको विषयमा छलफल भइरहेको जनाइएको छ । शुक्रबारै यूएईबाट पनि एक सय ५७ जना नेपालीलाई नेपाल ल्याइँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी