×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फोटो समाचार : ग्लोबल आइएमई बैंकमा सेवाग्राहीको भिड, नेपाल पुग्दा खुशीले गदगद भए म्यानमारबाट आएका नेपाली !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले ग्लोबल आइएमई बैंकको तिनकुने शाखामा सेवाग्राहीहरुको भिडदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार म्यानमाबाट उद्धार गरी ल्याइएका २६ जना नेपालीसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
ग्लोबल आइएमई बैंकको तिनकुने शाखामा सेवाग्राहीहरुको भिड । 
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार म्यानमाबाट उद्धार गरी ल्याइएका नेपाली । नेपाली सेनाका अनुसार आज आइपुगेका २६ जनालाई बसुन्धरास्थित  यती पार्टी प्यालेसमा राखिने भएको छ ।
कृषि उपकरणको प्रयोगबाट मकै छोडाउँदै झापाको कमल गाउँपालिका–१ का  किसान । आधुनिक प्रविधि भित्रिएपछि थोरै मानिसले काम गर्न छिटोछरितो भएको उनीहरु बताउँछन्  ।
रामपुर नगरपालिकाको मुख्य बजार बेझाड क्षेत्रमा पक्की नाली निर्माणमा श्रम गर्दै स्थानीय युवा । बन्दाबन्दीका समयमा नाली बनाउने कार्यमा श्रम गर्न पाएकामा यहाँका युवा खुशी छन् ।
बासको काम गर्दै डोम दम्पती ।
रुकुमको चौरहजारीमा नवराज विकलगायत छ जनाको हत्याकाण्डका दोषिमाथि कार्वाहीको माग गर्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दलित अगुवाहरुले गरेको विरोध बैठक । दलित अगुवाले न्यायको माग गरेका छन । 
संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको  प्रतिनिधिसभाको बैठकमा २०७७ को शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सभापति जयपुुरी घर्ती । 
कोरोना सङ्क्रमितलाई मुटसम्बन्धी समस्या भएमा बेग्लै आइसोलेशनमा उपचारका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले तयार गरेको कक्ष । 
विश्व वातावरण दिवसका अवसरमा भरतपुर महानगरपालिका–१२ को राइने चिल्ड्रेन पार्कमा वृक्षरोपण गर्दै बाग्मती प्रदेशका सांसद विजय सुवेदी र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल । 
भरतपुर महानगरपालिका –२६ दिव्यनगरमा नरेन्द्र दवाडीले लगाउनु भएको हाइब्रिड मकैको  बीउबारे जानकारी  दिँदै राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख केशवबाबु कोइराला ।
विश्व वातावरण दिवसका अवसरमा पोखरा महानगरपालिका–३ नदीपुरस्थित प्रकृति उद्यानमा वृक्षरोपण गर्दै महानगरप्रमुख मानबहादुर जिसी । महानगरले सो पार्कको स्तरोन्नति गरी खुला व्यायामशाला स्थापनाको तयारी गरेको छ । 
पोखरा महानगरपालिका –९ का श्रमिक  महिलालाई मास्क वितरण गर्दै काँग्रेस नेत्री सरस्वती गुरुङ ।
जाजरकोट शिवालय गाउँपालिका – ९, खारा र छेडागाड नगरपालिका –१२ बीचमा रहेको छेडागाड नदीमाथि पुल नहुँदा तुइनको सहारामा नदी पार गर्दै स्थानीयवासी । यही तुइनबाट आवतजावत गर्ने क्रममा  १८ जनाको ज्यान गइसकेको छ । 
विश्व वातावरण दिवसका अवसरमा पोखरा ३, ४ र ९ को सङ्गमस्थल पालिखेचोकमा महानगरद्वारा निर्मित पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।
डोटीका नौ वटै स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा वितरण गर्नका लागि सिड नेपाल नामक गैरसरकारी संस्थाले जिल्ला प्रशासन कार्यालय डोटीलाई प्रदान गरेको सामग्री । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: