×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फोटो समाचार : तनहुँका किसानलाई चैते धान थन्क्याउन भ्याई नभ्याई, स्कुल नलागेपछि किताब सुम्सुम्याउँदै बालबालिका !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले तनहुँको व्यास नगरपालिका–१२ भड्खालाका किसानलाई चैतेधान थन्क्याउन चटोरोदेखि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयका विद्यार्थी शुक्रबार लामो समयको बन्दाबन्दीपछि विद्यालयले पाठ्यपुस्तक उपलब्ध गराएपछि नियाल्दैसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।

हेरौं सातै प्रदेशका फोटो समाचार :
तनहुँको व्यास नगरपालिका–१२ भड्खालाका किसानलाई चैतेधान थन्क्याउन चटोरो । चैते धान भित्र्याए लगतै असारे धान लगाउन किसान हतारमा छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयका विद्यार्थी शुक्रबार लामो समयको बन्दाबन्दीपछि विद्यालयले पाठ्यपुस्तक उपलब्ध गराएपछि नियाल्दै । विद्यालयले विद्यार्थीलाई निःशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका – ४ मा यहाँका बौद्ध धर्मावलम्बीले आफ्नै खर्चमा बनाएको गौतम बुद्धको मूर्ति । 
बन्दाबन्दी समयमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न दिक्तेल बजारमा गरिएको अनुगमन गर्नेक्रममा मूल्यसूची तथा बिल भर्पाइ निरीक्षण गर्नुहुँदै सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राई । अनुगमन टोलीले म्याद गुज्रिएका औषधि तथा दैनिक उपभोग्य सामग्री जफत गरेर नष्ट गरेको हो ।
लमजुङमा पहिलोपटक तीनवटा सहकारी एकीकरण भई कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शुक्रबार उद्घाटन गर्दै बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल । बेँसीशहर नगरपालिकामा रहेको सम्पदा, कालिका र कर्पुरेश्वर साकोस एकीकरण भएको छ ।
तनहुँको व्यासनगरपालिका– १ गल्बुबेँसी निवासी ५४ बर्षीय रामनाथ मिश्र मौरीको हेरचाह गर्दै । उहाँले अहिले ६० आधुनिक घारमा व्यावसायिक रुपमा मौरीपालन आउनुभएको छ ।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की शुक्रबार  राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ को कार्यालय विराटनगरको निरीक्षण क्रममा  राससका प्रदेश प्रमुख मोहम्मद सदरुलले स्वागत गर्दै  । 
नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको  शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा व्यवस्थापन गर्दै नेपाली सेनाको टोली ।  सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापाको पनि सहभागिता थियो  ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा धान रोप्दै किसान । वर्षा शुरु भएसँगै कृषकलाई अहिले रोपाइँको चटारो छ ।
लामो समयको लडकडाउनपछि खोलिएको कास्की मालपोतले कार्यलयमा सेवा लिन आएका सेवाग्राहीलाई ज्वोरो मापन गर्दै मालपोत कर्मचारी । कोभिड–१९ रोकथामको लागि अनावश्यक भिडभाड रोकेर स्वास्थ सतर्कता अपनाउँदै सेवा प्रवाह गरिएको छ । 
जाजरकोट भेरी नगरपालिका– ११ का कृषक पानीको झरीमा डोकामा तरकारी बोकेर सदरमुकाममा बिक्री गर्न आउँदै   । 
सिन्धुपाल्चोकको चौतारामा प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘साहित्यिक पत्रकारिता र पत्रकार आचारसंहिता’ कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलगायत ।
लामो लडकडाउनपछि काठमाडौँको इन्द्रचोकमा देखिएको चहलपहल ।
डोटीको बडिकेदार गाउँपालिकाको रुमाइलका किसानले परम्परागत मुढे घारमै गरेको व्यावसायिक माहुरीपालन  । माहुरीको मह बेचेर उहाँले बर्सेनि मनग्य आम्दानी गर्दै आउनुभएको छ । 
तुलसीपुर उपमहानगरपालिकाको सातौँ नगरसभामा आव २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख घनश्याम पाण्डे । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: