×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : कञ्चनपुरमा विधुतको महशुल बुझाउनेहरुको भिड, भक्तपुरको मालपोतमा पनि अवस्था उस्तै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ असार २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : कञ्चनपुरमा विधुतको महशुल बुझाउनेहरुको भिड, भक्तपुरको मालपोतमा पनि अवस्था उस्तै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले नेपाल विद्युत् प्राधिकरण फ्यूज कार्यालय कञ्चनपुरको झलारीमा महशुल बुझाउन पालो पर्खिदै सेवाग्राहीदेखि कोरोना भाईरसका कारण सरकारले घोषणा गरेको बन्दाबन्दी सोमबारबाट खुकुलो भएसँगै भक्तपुरको मालपोत कार्यालयमा आएका सेवाग्राहीसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
नेपाल विद्युत् प्राधिकरण फ्यूज कार्यालय कञ्चनपुरको झलारीमा महशुल बुझाउन पालो पर्खिदै सेवाग्राही । कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला सेवाग्राहीले भौतिक दूरी कायम गरिएको देखिदैन । 
कोरोना भाईरसका कारण सरकारले घोषणा गरेको बन्दाबन्दी सोमबारबाट खुकुलो भएसँगै भक्तपुरको मालपोत कार्यालयमा आएका सेवाग्राही । मालपोतमा एक दिन भक्तपुर नगरपालिको, एक दिन मध्यपुर थिमि नगरपालिकाको, एक दिन सूर्यविनायक नगरपालिकाको र एक दिन चाँगुनारायण नगरपालिकाको मात्र काम गर्ने सूचना टाँस गरिएको छ ।
गण्डकी प्रदेश अन्तर्गत  नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)  को देवचुलीस्थित धार्मिकस्थल शाश्वतधाम।
पोखरा महानगरपालिका–२३ र २४ बीचमा पर्ने  खहरेखोलामा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै सवारी साधन । पूर्वाधार विकास कार्यालय कास्कीको रु छ करोड ७५ लाखको लागतमा विसं २०७७ जेठ १९ भित्रमा सो पुल निर्माण गर्न निलगिरि नेशनल जेभीसँग करिब दुईवर्ष अगाडि ठेक्का सम्झौता  गरिएकामा कम्पनीको ढिलासुस्तीले अहिलेसम्म कार्य पूरा हुनसकेको छैन  ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला सोमबार कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको १२औँ बैठकमा आव २०७७/०७८ को बजेट वक्तव्य दिँदै । 
कोरोना भाईरसका कारण सरकारले घोषणा गरेको बन्दाबन्दी सोमबारबाट खुकुलो भएसँगै भक्तपुरको मालपोत कार्यालयमा टाँस गरेको सूचना हेर्दै सेवाग्रही । मालपोतमा एकदिन भक्तपुर नगरपालिको, एकदिन मध्यपुर थिमि नगरपालिकाको, एकदिन सूर्यविनायक नगरपालिकाको र एकदिन चाँगुनारायण नगरपालिकाको मात्र काम गर्ने सूचना टाँस गरिएको छ ।
जुम्लाको तिला गाउँपालिका तुही गाउँस्थित तिला जलविद्युत् आयोजनाको नहर निर्माण गर्दै स्थानीयवासी । 
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० मा उत्पादन भएको लसुन बजार लगिदै । वडामा यो सिजनमा १४० क्विन्टल लसुन उत्पादन भएको छ । यसबाट कृषकहरुले १३ लाख रुपैंया आम्दानी गरेका छन् ।
तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोट । बन्दाबन्दी खुकुलो भएसँगै मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।
रावाबेँसी गाउँपालिका–१ कुभिण्डेको हरमटारमा लटरम्म फलेको  लिची । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसीको एउटै वडाबाट गत वर्ष रु एक करोडभन्दा बढीको लिची बिक्री भएको थियो । 
पोखराको फेवाताल संरक्षणका लागि प्रदेश सरकार र पोखरा महानगरको साझेदारीमा चालू आवमा रु नौ करोड छ लाख चार हजार ५५८ को लागतमा पोखरा–२३ अँधेरी (खहरे) खोलामा निर्माणाधीन सिल्टेसन ड्याम । सो बाँधको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको छ । 
म्याग्दीको रघुगङ्गा गाउपालिका–६ पाखापानीमा दैनिकी ज्यालादारी गरि जीविकोपार्जन गर्ने घर परिवार र आर्थिकरुपमा बिपन्न परिवार वडाले वितरण गरेको खाद्यान्न लिँदै ।
मेलम्ची खानेपानी आयोजनाविरुद्ध आन्दोलन गर्ने पाँच जना प्रहरीको नियन्त्रणमा । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको जनाउँदै मजदुर र स्थानीय ठेकेदारले आयोजनाविरुद्ध सोमबार आन्दोलन  गरेका हुन् ।
कोरोना महामारीका कारण रोजगार गुमाएकालाई केही राहत होस् भनी सुनसरीको कोशी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र (बफरजोन)लाई सरसफाइ गराउँदै ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: