
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयक, २०७७ माथि अर्थ मन्त्रालयसँग सम्बन्धित उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडादेखि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा जातीय संस्कार अनुसार व्यवस्थापन गरिँदैसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयक, २०७७ माथि अर्थ मन्त्रालयसँग सम्बन्धित उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडा ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा जातीय संस्कार अनुसार व्यवस्थापन गरिँदै ।

भक्तपुर अस्पतालमा यही जेठ २५ गते राति सुत्केरीको मृत्यु भएपछि कोरोनाको आशङ्कामा बन्द अस्पतालको मूलद्वार । राष्ट्रिय प्रयोगशालाबाट ४० घण्टासम्म रिपोर्ट नआएपछि अन्योलमा अस्पताल, प्रशासन र मृतकको परिवार ।

गएराति पाँच जनाको हत्या भएको घटनास्थल रुपन्देहीको तिलोत्तमा नगरपालिका –१०, मैनहवास्थित गंगादेवी पशु कृषि फार्ममा मंगलबार अनुसन्धान गर्दै प्रदेश नं ५, प्रहरी कार्यालयका सुरक्षाकर्मी ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको सरावल गाउँपालिकामा ५० प्रतिशत अनुदानमा किसानलाई पम्पसेट वितरण गर्दै गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी । चालु आर्थिक वर्ष ०७६/०७७ मा १२ किसानलाई पम्पसेट र मोटर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयक, २०७७ माथि परराष्ट्रमन्त्रालयसँग सम्बन्धित उठेका विषयमा जवाफ दिँदै मन्त्री प्रदीपकुमार ज्ञवाली ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत जोमसोम कोरला सडकखण्डमा परेको समर भीरमा कडा चट्टान फोरेर सडक निर्माण गरिँदै । बन्दाबन्दीमा पनि विकासनिर्माण तीव्र गतिमा भइरहेको छ ।

सिंजा गाउँपालिका –३ धितालिहीका एकल महिला हीरा रेग्मीलाई राहतस्वरुप रु एक लाखसहित दैनिक उपभोग्य सामग्री प्रदान गर्दै गाउँपालिका अध्यक्ष देवलसिंह रावल । हीराका श्रीमान वडासदस्य हरिकृष्ण रेग्मीको यही जेठ २२ गते निधन भएको थियो ।

नेपाल औषधि व्यवसायी सङ्घ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना इलाका प्रहरी कार्यालय सिजुवाका सुरक्षाकर्मीलाई मङ्गलबार स्वास्थ्य सामग्री प्रदान गर्दै ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक ।

बर्दियाको राजापुर नगरपालिका–६, मानपुर टपरास्थित न्यू वर्षा सप्लार्यसमा स्थानीयवासीले गरेको आगजनी । गत वैशाखमा राजापुर–१० मा भएको गाडी दुर्घटनाका विषयलाई लिएर पीडितले न्याय नपाएको भन्दै नीयवासीले पसलका सामान बाहिर निकालेर आगो लगाइदिएका हुन्

बागलुङ नगरपालिकाको सहयोग र कृषि सङ्घ बागलुङको समन्वयमा बागलुङ नगरपालिका–३ गुठीमा मङ्गलबार सञ्चालित कृषि हाट बजारको शुभारम्भपछि तरकारी किन्दै नगरप्रमुख जनकराज पौडेल । विचौलियाको अन्त्य गर्न र कृषकलाई निःशुल्क रुपमा हाट बजार सञ्चालन गर्न नगरपालिकाले जग्गा र भवन उपलब्ध गराएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई प्रदान गरेको अन्तर्राष्ट्रियस्तरको मापदण्डको प्रमाणपत्र मङ्गलबार प्रयोगशालाका निर्देशक डा रुना झालाई प्रदान गर्दै ।

पोखरा महानगरपालिका–३१ बेगनास ताल क्षेत्रमा सरसफाइमा जुट्दै सर्वसाधारण । ‘बेगनास तालका स्थानीय युवाद्वारा राहत वितरणʾ अभियानले बन्दाबन्दीका कारण समस्यामा परेका सर्वसाधारणलाई सामाजिक काममा लगाई राहत वितरण गर्दै आएको छ ।

बन्दाबन्दीको समयमा सामाजिक दुरी कायम गरी डोटीको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटको सिँचाइ नहर निर्माण गरिँदै । प्रदेश सरकारको बजेटमा सो सिँचाइ नहर निर्माण गरिएको हो ।

वीरगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधिबाट वीरगन्ज महानगरपालिकालाई पिसिआर मेसिन खरिद गर्न मङ्गलबार रू ७० लाख रुपैया दिने सम्झौतापत्र हस्तान्तरण गरिँदै । वीरगन्जका व्यपारीबाट सङ्कलन गरी सहयोग उपलब्ध गराउन लागिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्