×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : बिजुलीको महसुल तिर्दै ग्राहक, नेपाल पुगेपछि खुसी भए कुबेतबाट फर्किएका नेपाली !

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बिजुलीको महसुल तिर्दै गरेका ग्राहकदेखि नेपाली भूमिमा टेकेपछि खुसी भएका कुबेतबाट फर्किएका नेपालीसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
हेलम्बुको मेलम्ची वितरण केन्द्रमा बिजुलीको महसुल तिर्न लाम बसेका सर्वसाधारण ।
नेपाल सरकारले लागू गरेको सामाजिक स्वास्थ्य बीमाअन्तर्गत ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई बागलुङ नगरपालिका–४ ओडारचौरस्थित घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गराउँदै स्वास्थ्यकर्मी ।  तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्ने लक्ष्यका साथ वृद्धवृद्धालाई निःशुल्क र अन्यलाई एक परिवारवापत रु तीन हजार ५०० शुल्क लिँदै आइएको छ । 
नयाँ बानेश्वरबाट  माइतीघर तीनकुने सडकखण्डमा  बिहीबार गुडिरहेका सवारी साधन । कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले  जारी गरेको बन्दाबन्दीको  आज ८०औँ  दिन हो  ।
कुवेतबाट बिहीबार त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाली  बसबाट होल्डिङ्ग सेन्टर जाँदै  । 
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली ।  रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार उनीहरु बिहीबार नेपाल फर्केका हुन् । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, ढकनियाँस्थित झारखण्डी तालमा फुलेको कमलको फूल । बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि यहाँका बालबालिका तालमा माछा मारेर रमाउने गरेका छन् ।
पोखरा महानगरपालिका–२७, लेखनाथस्थित खास्टे तालको बीच भागमा  सिलसिले हाँस । यो प्रजातिको हाँसले सोही स्थानमा बच्चा कोरल्ने गरेको चराविज्ञ बताउँछन् । 
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बसेको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा । 
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली ।  रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार उनीहरु बिहीबार नेपाल फर्केका हुन् ।
बनेपा–पनौती सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ ढलमलेस्थित सडक विस्तार गर्ने क्रममा स्काभेटर ९जेसिबी० ले बाटो खन्दै ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बिहीबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै  । 
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत रिब्दीकोट गाउँपालिकाको ठिमुरेमा मौरीसहित घार वितरण गर्दै गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी । रिब्दीकोट गाउँपालिकाको ठिमुरे मौरीपालनका लागि उपयुक्त क्षेत्र हो । 
काठमाडौँको बत्तीसपुुतलीस्थित मिराज होटल । विदेशबाट ल्याइएका नेपालीलाई राख्नका लागि होल्डिङ्ग सेन्टरका रुपमा यो होटल प्रयोग गरिन्छ ।
जुम्लाको हिमा गाउँपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिका–४ स्थित हिमा आवासीय विद्यालय भवनको पुनःनिर्माण  गर्दै  ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली ।  रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार उनीहरु बिहीबार नेपाल फर्केका हुन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका–२ दिल्पेश्वर माविको क्वारेन्टिनमा बसेकी आठ  वर्षीया बालिकाको स्वाब निकाल्दै स्वास्थ्यकर्मी । भारतबाट आमाबुबासँगै फर्किएका  बालिकालाई पनि क्वारेन्टिनमा राखिएको  थियो । 
सीमा सुरक्षाका लागि झुलाघाटमा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) को गस्ती टोली भारतबाट अवैधरुपमा ल्याइएको बिंडी बैतडीको दशरथचन्द नगरपालिका –६, शेरामा बरामद गर्दै । यही जेठ १० गते बिओपी स्थापनापश्चात् सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: