×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : उपत्यकामा लकडाउन खुलेको हो ? बनेपालीले इलेक्ट्रोनिक पेमेन्ट भुलेको हो ?(फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।

आजको अंकमा हामीले बन्दाबन्दीमा भक्तपुरको जडीबुटीमा बुधबार गुडिरहेका सवारीसाधनको चापदेखि बनेपास्थित नेपाल विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रमा बिजुलीको महसुल तिर्न लाम बसेका सर्वसाधारणसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।

हेरौं सातै प्रदेशका फोटो समाचार :
बन्दाबन्दीमा भक्तपुरको जडीबुटीमा बुधबार गुडिरहेका सवारी साधन ।

काभ्रेपलाञ्चोकको बनेपास्थित नेपाल विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रमा बुधबार बिजुलीको महसुल तिर्न लाम बसेका सर्वसाधारण ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुुभक्त ढकाल बुुधबार मन्त्रालयमा हेकाफ ३६० को पहलमा चुु जी फाउण्डेशनले प्रदान गरेको कोभिड –१९ को उपचार तथा रोकथामका लागि भेन्टिलेटरसहित स्वास्थ्य सामग्री ग्रहण गर्दै  । 
भारतबाट उद्धार गरेर ल्याइएका नागरिकलाई राख्न भोजपुरको अरुण गाउँपालिकाको रानीटारमा निर्माण गरिएको ११५ बेड क्षमताको क्वारेन्टिनसहितको होल्डिङ एरिया । क्वारेन्टिनमा भारतबाट आएका ४० जना बसेका छन् ।
झापाको कमल गाउँपालिका–७ का किसान चैते धान काट्दै ।
प्यूठानको झिमरुक गाउँपालिका–६ चिसावाङको प्रिसा पशुपन्छी तथा कृषि फर्म प्रालिका सञ्चालक ईश्वरीप्रसाद पोखरेल व्यावसायिक रुपमा पालिएको कुखुरा रेखदेख गर्दै । 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा सुन्तलाका बिरुवा ल्याउँदै कृषक । मनसुन सुरु हुनुअघि म्याग्दीका कृषकले सुन्तलाका बिरुवा रोप्न थालेका छन् ।
दङ्गीशरण गाउँपालिकाको वीरेन्द्र माविको क्वारेन्टिनमा भारतबाट उद्धार गरी ल्याइएकालाई व्यायाम  गराइँदै । क्वारेन्टिनमा  ४७  जना बसेका छन् ।
महाकाली नदीबाट बालुवा निकाल्दै दार्चुलाका स्थानीय मजदुर । उनीहरु आफ्नो दैनिकी गुजुरा चलाउन यसरी नै बालुवा र गिट्टी नदीबाट निकालेर बिक्री वितरण गर्दै आएका छन् ।
कर्णाली नदीले बस्तीतर्फ कटान गर्न थालेपछि कैलालीको टीकापुर नगरपालिका–८ का बासिन्दाले निर्माण गरेको जैविक तटबन्ध । वैशाख र जेठ महिनामै नदीले कटान गर्न थालेकाले बर्खामा नगरपालिका– ७, ८ र ९ मा बढी जोखिम हुने उनीहरु बताउँछन् । 
कास्कीको तेस्रो ठूलो रुपातालमा थापेको महाजालमा परेको माछाका साथ रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका कर्मचारी । संस्थाले तालको संरक्षणसहित माछापालनबाट मनग्य आम्दानी गर्दै आएको छ ।
सीड संस्था दाङको शान्तिनगर गाउँपालिका–२ का ज्येष्ठ नागरिक, एकल महिला र सुत्केरीलाई गाउँमै गएर राहत प्रदान गर्दै ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको मुख्य बाँध । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सिक्टा सिँचाइलाई निरन्तरता दिएको छ ।
डोटीको केआइसिंह गाउँपालिका सलेनाको कालारै आधारभूत विद्यालयमा राखिएका भारतबाट आएका नागरिकको स्वाब सङ्कलन गर्दै चिकित्सक ।  क्वारेन्टिनमा राखिएका ८८ जनाको स्वाब सङ्कलन गरी कोरोना भाइरसको सङ्क्रमण भए, नभएको जाँचका लागि कैलाली पठाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: