×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फोटो समाचार : गाईघाटको ग्लोबल आइएमई बैंकमा ग्राहकको ब्यापक भिड, दार्चुलामा क्वारेन्टाइनको अनुगमन गर्दै नगरप्रमुख !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले गाईघाटको ग्लोबल आइएमई बैंकमा आइतबार सेवाग्राहीको भिडदेखि भारतका विभिन्न ठाउँबाट आएर महाकाली नगरपालिकाको क्वारेन्टिनमा बसेकाको समस्या र अवस्थाबारे जानकारी लिँदै नगरप्रमुख हंशराज भट्टसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
गाईघाट ग्लोबल  आइएमई बैंकमा आइतबार सेवाग्राहीको भीड । 
भारतका विभिन्न ठाउँबाट आएर महाकाली नगरपालिकाको क्वारेन्टिनमा बसेकाको समस्या र अवस्थाबारे  जानकारी लिँदै नगरप्रमुख हंशराज भट्ट । भट्टले नगरपालिकाको चार वटा क्वारेन्टिनको आज अनुगमन गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सुरक्षा  परिषद्को वार्षिक प्रतिवेदन  २०७५/०७६ पेश गर्दै । 
चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा रहेका अर्ना । विसं २०७३ मा कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका अर्ना अहिले सो क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर)मा राखिएको छ ।
कचनकवल गाउँपालिकाको क्वारेन्टाइमा बसेका युवा । भारतबाट आई क्वारेन्टिनमा बसेकालाई कोभिड–१९ जाँचमा रिपोर्ट नेगेटिभ आएपछि मात्र  घर पठाइन्छ । कचनकवलमा मात्रै ११३ जनामा कोरोना सङ्क्रमित भएको पाइएको छ । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा प्लाष्टिकको चामल खाना खुवाउन ल्याइएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधिको रोहवरमा परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाउन आइतबार चामल खामबन्दी गर्दै सुरक्षाकर्मी । 
संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभाको बैठक । 
भक्तपुरको दरबार स्क्वायरस्थित श्रीपद्य माविमा बनाएको अस्थायी प्रहरी शिविर । जिल्लाका ११ विद्यालयमा अस्थायी शिविर तयार गरिएको छ ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वाब परीक्षण गर्दै स्वास्थ्यकर्मी  । 
समुदायभित्र रहेको विद्यालयमा क्वारेन्टिन बनाउन खोज्दा स्थानीयवासीले रोग सर्ने डरले विरोध गरेपछि जुम्लाको गुठीचौर गाउँपालिकामा बनाइएको क्वारेन्टिन । 
सामाजिक दूरी कायम गरी विद्यार्थी भर्ना र पाठ्यपुस्तक लिनका लागि सहज वातावरण बनाइदिन माग गर्दै आइतबार तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै एनप्याव्सन तनहुँका अध्यक्ष रामकृष्ण विक । 
खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानका लागि सोलिङ गर्दै कामदार । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीमा पनि सामाजिक दूरी कायम गरी  जिल्लामा  विकास निर्माणका काम धमाधम भइरहेको छ ।
बन्दाबन्दीमा पोखरा–९  पृथ्वीचोकमा गुडिरहेको सवारी साधनको चालकलाई सोधपुछ गर्दै ट्राफिक प्रहरी । बन्दाबन्दी जारी रहे पनि सडकमा सवारीसाधन बाक्लो गुड्न थालेपछि प्रहरीले निगरानी बढाएको हो । 
पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ कसेरीस्थित विजयपुर खोलामाथि  नवनिर्मित पुलको अनुगमन गर्दै  जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायत टोली ।  सो पुल रु पाँच करोड ६५ लाखको लागतमा निर्माण भएको छ ।
भद्रकाली मन्दिर परिसरमा आइतबार पूजाको सामान बिक्रीका लागि बसेका व्यापारी ।  बन्दाबन्दीमा मन्दिरको दर्शन गर्न भक्तजन आएको भने देखिदैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: