
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई ५० लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै लक्ष्मी ग्रुपका निर्देशक सुनिल श्रेष्ठलगायतदेखि प्रतिनिधिसभाको शनिबारको वैठकबाट नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्सा अङ्कित निशान छाप दुई तिहाई बहुमतबाट पास भएको खुशियालीमा देशभरका विभिन्न ठाउँमा दीप प्रज्वलन गर्दै सर्वसाधारणसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई ५० लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै लक्ष्मी ग्रुपका निर्देशक सुनिल श्रेष्ठलगायत ।

प्रतिनिधिसभाको शनिबारको वैठकबाट नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्सा अङ्कित निशान छाप दुई तिहाई बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चोकमा दीप प्रज्वलन गर्दै सर्वसाधारण ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकाली नगरपालिका र दुहुँ गाउँपालिका क्षेत्रमा बन्दाबन्दीमा अवैध रुपमा व्यापार भइरहेको मदिरा बरामद गरी कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलालाई बुझाउँदै ।

युवा जागरण समाज खोटाङले आयोजना गरेको कोरोना नियन्त्रण अभियानमा स्वास्थ्य परीक्षण गराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका स्थानीय बासिन्दा । समाजले जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर आयोजना गरेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।

दाङको घोराही उपमहानगरपालिकाको नगरप्रमुख नरुलाल चौधरीले सातौँ नगरसभाको आव २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका महिला रोपाईका लागि धानको बीउ निकाल्दै । मनसुन भित्रिने क्रम शुरु भएसंगै किसानलाई रोपाईको चटारो बढेको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–९ का महिलाद्वारा निःशुल्क प्रदान गरिएको सात कठ्ठा जमिनमा निर्माण हुने देउरी स्वास्थ्य चौकी भवनको शिलान्यास गरिँदै ।

बागलुङको पर्यटकीय गाउँमा रहेको जिल्लाकै पहिलो घरबास अतिथि सत्कारमा शनिबार पुग्नुभएका जुद्ध गुरुङलाई स्वागत गर्दै घरबास सञ्चालिका अप्सरा थापा । गण्डकी पर्यटन गुरु योजनाको तयारीका लागि स्थलगत अवलोकन गर्न पर्यटनविज्ञ तथा व्यवसायीको समूह भकुण्डे पुगेको थियो ।

नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको खुशीयालीमा शनिबार तनहुँको दमौलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)व्यास नगर कमिटीको आयोजनामा दीप प्रज्वलन गरिँदै ।

लमजुङ बेँसीशहर नगरपालिकाको बेँसीशहर बजारको सडक नजिकै खानेपानीको पुरानो पाइप विस्तापित गरी नयाँ पाइप बिच्छाउन जमिन खन्दै कामदार । नेपाल सरकार र बेँसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भाचोकखोलाको पानी बजारवासीलाई २० वर्षसम्म पुग्ने गरी घरघरमा पु¥याउन पाइप बिच्छाउने कार्य गरिरहेको हो ।

नयाँ नक्साका लागि ल्याइएको संविधान संशोधन विधेयक दुई तिहाइभन्दा बढी मतले पारित भएको स्वागतमा महोत्तरीको बर्दिबासमा जनसहयोगी युवा संजाल बर्दिबास र राष्ट्रिय युवा संघ नेपालले दीप प्रज्ज्वलन गरी खुशीयाली मनाएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा–१ स्थित हनुमान वस्त्रालयमा आइतबार आगलागीबाट नष्ट भएको कपडा ।

राष्ट्रियसभामा आइतबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७ र ऋण तथा जमानत (चौबीसौँ संशोधन)विधेयक प्रस्तुत गर्ने कार्यक्रममा सहभागी मन्त्री तथा सासंद ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्