×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : कञ्चनपुरमा रोपाईँको चटारो, पेट पाल्न सडकपेटीमा पोखरेली महिलाको यस्तो सकस !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कञ्चनपुरमा रोपाइँको चटारोदेखि पेट पाल्नका लागि सडकपेटीमा तरकारी बेच्न बाध्य पोखराका महिलासम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
कञ्चनपुरको पिपलाडीका महिला धान रोप्दै ।  किसानलाई मौसमी वर्षासँग रोपाइँ गर्ने हतारो बढेको छ ।
पोखरा महानगरपालिका–१७ विरौटास्थित सडकपेटीमा तरकारी तथा फलफूल बिक्री गर्न बसेका महिला । कोभिड–१९ का कारणले सो स्थानमा महानगरले सञ्चालनमा ल्याएको कृषक बजार बन्द भएसँगै उनीहरु घाम पानीमा समेत सडकमा बसेर व्यापार गर्न बाध्य छन् ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न जारी बन्दाबन्दी केही खुकुलो बनाएर व्यापार व्यावसाय सञ्चालनमा आएपछि पोखरा चिप्लेढुङ्गाको एक पसलमा कपडा किन्दै सर्वसाधारण ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाइजहाज मर्मत गरिँदै । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण लामो समयदेखि उडान बन्द भएका छन् । 
वलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार गराइरहेका कोरोना भाइरसले सङ्क्रमितहरुलाई योगाभ्यास गराईदै । यस चिकित्सालयमा ५७ जना सङ्क्रमितको उपचार भइरहेको छ भने आज सङ्क्रमण पुष्टि भएका ३१ जना समेत ल्याउने तयारी भइरहेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका तथा त्यस वरपर क्षेत्रमा फोहोर व्यवस्थापन हुन नसकेपछि दवाव दिने उद्देश्यले युवाले बिहीवार नगरपालिका परिसरभित्र फालेको फोहोर ।
डोटीको पूर्वीचौकी गाउँपालिकामा रहेका ७० जना सुत्केरीलाई वितरण गर्नका लागि पौष्टिक खानेकुरो प्रदान गर्दै ‘मानवीय सेवामा अनेकौँ प्रयास’ (साईन नेपाल) नामक संस्थाका अध्यक्ष भक्तराज जोशी ।
अरनिको राजमार्ग अन्तर्गत राधेराधे चोक नजिक सडकबीचमा ढकमक्क फुलेका फूल ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण लामो समयसम्म  उडान बन्द भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेका हवाइजहाज तथा हेलिकप्टर ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न जारी बन्दाबन्दी केही खुकुलो बनाइएपछि पोखराको न्यूरोड क्षेत्रमा देखिएको चहलपहल । नीजि सवारी र व्यापार व्यावसाय गत असार १ देखि सञ्चालनमा आएपछि बजारमा चहलपहल बढेको छ ।
ललितपुरको लेलेका कृषक धान रोप्दै । असार लागेपछि लेले तथा त्यस वरपर क्षेत्रका किसानलाई रोपाइँको चटारो छ । 
कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरबाट बिहीबार आव २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: