×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोटो समाचार : सांसदद्वारा खर्च कटौतीको प्रस्ताव प्रस्तुत, स्वास्थ्य सहकारीले १८औँ वार्षिकोत्सव रक्तदान कार्यक्रम गरी मनायो !

PRIME CA

फोटो समाचार : सांसदद्वारा खर्च कटौतीको प्रस्ताव प्रस्तुत, स्वास्थ्य सहकारीले १८औँ वार्षिकोत्सव रक्तदान कार्यक्रम गरी मनायो !

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको राष्ट्रियसभाको बैठकमा सांसद  तारादेवी भट्ट विनियोजन विधेयक २०७७ अन्तर्गत  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीषर्कको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दैदेखि पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको १८औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार पोखरामा आयोजित खुला रक्तदान कार्यक्रममा रक्तदान गर्दै रक्तदातासम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको राष्ट्रियसभाकोे बैठकमा सांसद  तारादेवी भट्ट  विनियोजन विधेयक २०७७ अन्तर्गत  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको  शीषर्कको  खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्  भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै ।
पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको १८औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार पोखरामा आयोजित खुला रक्तदान कार्यक्रममा रक्तदान गर्दै रक्तदाता ।
बन्दाबन्दीका कारण करिब तीन महिनादेखि बन्द  ‘राजविराज बजार’ असार १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा । कोभिड–१९ को जोखिम हुन नदिन चैत ११ गतेदेखि बन्द गरिएको बजार खुलेपछि निकै भीड लागेको छ । 
फेवातालमा डुङ्गाको सहायताले माछा छोप्न थापिएको तिहारी जाल निकालेर फर्किदै खपौदीका ७२ वर्षीया मिसिरी जलाहारी । तालमा जाल थाप्नु र जालमा परेको माछा बजारमा बिक्री गरी जीविकोपार्जन गर्नु जलाहारी समुदायको पुख्र्यौली पेशा बन्दै आएको छ ।
म्याग्दीको बेनी नगरपालिका–२ खबराका कर्णबहादुर खड्काले व्यावसायिक रुपमा पालेको बाख्रा । विदेश जाने प्रयास सफल नभएपछि  आयआर्जनका लागि दिप्सन कृषि तथा पशुपंक्षी फार्म स्थापना गरी बाख्रापालन गरेका हुन् ।
भक्तपुरको मध्यपुर थिमि–४ स्थित बाल प्रेमी माध्यमिक विद्यालय, विष्णुवीरमा विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गर्दै विद्यालयका शिक्षक । विद्यालयमा पठनपाठन सुरु नभए पनि अनलाइनबाट कक्षा सञ्चालन भएसँगै पुस्तक वितरण गर्दै आइरहेको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरी फाँटका महिला बारीमा फलेको खुर्सानी नाङ्लोमा सुकाउँदै । बारीबाटै  काँचो खुर्सानी रु दुई सय प्रतिकिलोका दरले बिक्री भैरहेको छ । 
संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको राष्ट्रियसभाकोे बैठकमा सांसद  रमेशजङ्ग रायमाझी विनियोजन विधेयक २०७७ अन्तर्गत रक्षा मन्त्रालय शीषर्कको  खर्च रकममा एक सय रुपैयाँ घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै ।
पोखरा महानगरपालिका–१८ पामेमा घाँसको भारी बोकेर घरतिर जाँदै महिला । 
संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको राष्ट्रियसभाकोे बैठक । 
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत प्रधानमन्त्रीलाई कोभिड–१९ नियन्त्रणमा योजनाबद्ध लाग्नुपर्ने, पिसिआर परीक्षण वृद्धि गर्नुपर्नेलगायत २० बुँदे मागसहितको ज्ञापनपत्र मङ्गलबार बुझाउँदै नेपाली काङ्ग्रेस  मोरङका सभापति डिगबहादुर लिम्बू । 
पोखरा–२५ स्थित मर्दी मुहानमा दैनिक चार करोड लिटर क्षमताको पानी  थिग्राउने निर्माणाधीन पोखरी । जापान अन्तरराष्ट्रिय सहयोग नियोग९जाइका०को अनुदान सहयोग र नेपाल सरकारको रु पाँच अर्ब ऋण लगानीमा निर्माणाधीन पोखरीको पानी शुद्धिकरण र थप पाइप लाइन विस्तार गर्ने योजना कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीमा स्थगन गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: