×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : काठमाडौँमा सवारीसाधनको भिड, म्याग्दीमा प्रवेशमा रोक लगाएपछि मजदूरहरु अलपत्र !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : काठमाडौँमा सवारीसाधनको भिड, म्याग्दीमा प्रवेशमा रोक लगाएपछि मजदूरहरु अलपत्र !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले काठमाडौँको भद्रकाली नजिकैको सडकखण्डमा मङ्गलबार गुडिरहेको सवारीसाधनदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित निलगिरि जलविद्युत् आयोजनामा काम गर्न आएकाहरु स्थानीयवासीले गाउँ प्रवेशमा रोक लगाएपछि अलपत्र परेकासम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।

हेरौं सातै प्रदेशका फोटो समाचार :
काठमाडौँको  भद्रकाली नजिकैको सडकखण्डमा मङ्गलबार गुडिरहेको सवारी साधन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित निलगिरि जलविद्युत् आयोजनामा काम गर्न आएकाहरु स्थानीयवासीले गाउँ प्रवेशमा रोक लगाएपछि अलपत्र  । सल्यान, सिन्धुपाल्चोक, नुवाकोटलगायत ठाउँबाट ल्याइएका ३० भन्दा बढी मजदूरलाई  स्थानीयवासीले गाउँ प्रवेशमा रोक लगाएका  हुन् ।
बन्दाबन्दीमा काठमाडौँ बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्र अगाडिको सडक कालोपत्रपश्चात् जेब्राक्रसिङमा मार्किङ  गर्दै मजदुर । 
पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा खानेपानी पाइप झार्दै । बन्दाबन्दीमा पनि विकासका काम धमाधम भइरहेको छ ।
धनगढी–३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको वडास्तरीय क्वारेन्टाइनमा रहेका व्यक्तिलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै युवा व्यवसायी दीपबहादुर ऐर, वडा नं ३ का अध्यक्ष बलबहादुर ऐर । व्यवसायी ऐरद्वारा हजार थान डिस्पोजल मास्क, ३७ थान फोर लेयर मास्क, ६० थान स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री सहयोग दिइएको छ ।
पाल्पाको रामपुर नगरपालिका–७ स्थित सर्पराज बिक्रम्दी मुढीखोप जोड्ने मोटर बाटो तथा नाली निर्माणमा खटिएका कामदारलाई औजार हस्तान्तरण गर्दै नगरप्रमुख रमणबहादुर थापा । प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रममार्फत सो कामको थालनी भएको हो ।
 काठमाडौँको धूम्रबाराही क्षेत्रमा बिक्रीका लागि राखिएका माटो तथा प्लाष्टिकका गमला  ।
सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न भक्तपुरमा तयार गरिएको होल्डिङ्ग सेन्टरको अवस्थाबारे अवलोकन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, सांसद महेश बस्नेतलगायत ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाद्वारा स्वास्थ्य सामग्री प्रदान  ।  जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई वितरण गर्न मास्क र स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।
सब डिभिजन वन कार्यालय विमलनगरमा उत्पादित विभिन्न प्रजातिका बिरुवा । सो नर्सरीमा ५० हजार बिरुवा उत्पादन भएको छ । 
बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि मल बनाउन सल्लाको पात वनबाट घर ल्याउँदै जाजरकोट, जुनिचाँदे गाउँपालिका –१ कारीगाउँका बालबालिका  । 
पोखरा सभागृहमा मङ्गलबार बसेको गण्डकी प्रदेशसभा बैठक । बैठकमा सरकारको नीति तथा कार्यक्रमका बिषयमा छलफल हुँदै ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ । 
प्रदेश नं १ विराटनगरमा मङ्गलबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत गर्दै । 
बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी डोटीको दिपायल राजपुरदेखि बोगटान जोड्ने बुहारगाउँको सडकको स्तरोन्नति गर्दै मजदुर । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: