
- अर्थ सरोकार सम्बाददाता
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ एक जनाको मृत्यु भएको छ ।पोखरास्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्कीको मृत्यु भएको हो । २ हप्ताअघि भारतबाट आएका उनी क्वारेन्टिनमा बसेर घर फर्किएका थिए । त्यसपछि कार्कीलाई ज्वरो देखिएको थियो ।
यद्यपि १४ दिन क्वारेन्टिन बस्नेक्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । घर फर्किएपछि ज्वरो बढेकाले उनलाई प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा कार्कीको मृत्यु भएपछि प्रतिष्ठान प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाएको जानकारी दिएको छ । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्