×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना पुष्टी, निको भएर घर फर्किनेको संख्या १६ पुग्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना पुष्टी, निको भएर घर फर्किनेको संख्या १६ पुग्यो

Artha Sarokar

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बर्दघाट सुस्तापूर्व
पोखरा । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २३ र ३२ का दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ ।
सङ्क्रमित दुवै जनालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४५, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् । 
१६ जना निको भए
प्रदेशमा अहिलेसम्म १६ कोरोना सङ्क्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । शनिबार नवलपरासीस्थित मध्यविन्दु अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कावासोती नगरपालिका–१२ का २६ वर्षका एक पुरुष निको भई अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ । 
त्यसैगरी बागलुङको धवलागिरि अस्पतालमा उपचाररत तमानखोला गाउँपालिका–३ का २१ वर्षका दुई पुरुष निको भई अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशक शर्माले जानकारी दिनुभयो । काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार गरिरहेका पोखरा महानगरपालिका–८ का ६० वर्षका एक पुरुष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनाको सङ्क्रमण पुष्टि भई उपचार गराइरहेका गोरखा जिल्ला आरुघाट गाउँपालिका–२ का २५ वर्षका एक पुरुष निको भई अस्पतालबाट डिस्चार्ज भएको निर्देशनालयले जनाएको छ । 
स्याङ्जाका एक सङ्क्रमितको भने पोखरामा उपचारको क्रममा गत हप्ता मृत्यु भएको थियो । प्रदेशमा आठ हजार १५० को पिसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब लिइएकामा पाँच हजार ४३१ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये दुई हजार ५२२ को नतिजा आउन बाँकी रहेको बताइएको छ । -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी