×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोनाबाट १४औँ व्यक्तिको पनि मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपालमा कोरोनाबाट १४औँ व्यक्तिको पनि मृत्यु

Artha Sarokar

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । नेपालमा कोरोनबाट १४औँ व्यक्तिको पनि मृत्यु भएको छ ।  स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षिय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको हो । 
जेठ २३ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा राखिएको थियो । संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै बिरामी रहेको बताइएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी