×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट आएका थिए स्याङ्जाका सबै संक्रमित, आइसोलेसन वार्डमा लैजाने तयारी

PRIME CA

भारतबाट आएका थिए स्याङ्जाका सबै संक्रमित, आइसोलेसन वार्डमा लैजाने तयारी

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । स्याङ्जा जिल्लामा संक्रमण पुष्टि भएका पाँचै जना व्यक्तिहरु भारतबाट आएको खुलेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका ४ जना र विरुवा गाउँपालिकाका एक जनालाई कोरोना पुष्टि भएको छ ।स्याङ्जाको विरुवा गाउँपालिकामा कोरोना संक्रमित २० वर्षीय युवक भारतको मुम्बईबाट १५ गते स्याङ्जा आएका अर्का एकजना साथीसँगै गृह जिल्ला आएको गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिए ।
‘स्याङ्जाका स्थानीय तहले उद्धार गर्ने बेला आएका हुन् । हामीले वालिङबाट रिसिभ गरेका हौं,’ गाउँपालिका अध्यक्ष शर्माले भने, ‘बसमा कति जना थिए । कहाँ गए थाहा भएन, त्यही बुझ्दै छौं ।’ती युवक विरुवा आएर स्थानीय नवज्योति माविको क्वारेन्टाइनमा बसेका थिए । ‘कोरोना संक्रमण पुष्टि भएका ती युवकसँग २० जनाको स्वाब परीक्षणका लागि पठाएका थियौं । बाँकी सबैको रिपोर्ट नेगेटिभ आयो,’ उनले भने ।
गाउँपालिकाले नवज्योति मावि र जामुने डाँडामा गरी २ क्वारेन्टाइन सञ्चालन गरेको छ । जसमा २६ जना बाहिरबाट आएकाहरु छन् । संक्रमित युवकलाई जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष शर्माले जानकारी दिए ।
मंगलबार कोरोना पुष्टि भएका स्याङ्जाकै चापाकोट नगरपालिकाका ४ जना पनि १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका थिए । उनीहरु पनि जिल्लाका स्थानीय तहले उद्धार गरेको टोलीमा ९ जना सहित आएको नगरपालिकाले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: