
- अर्थसरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । दोषी बचाउने खेलमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाशसिंह कार्कीको संलग्नता भएको पाइएसँगै व्यक्ति जो कोही किन नहोस् कारबाहीको दायरामा ल्याउने पक्षमा आफु भएको कैलालीको प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले बताउनुभयो । कार्यक्रम सुदूर बहसमा बोल्दै जबराले उक्त कार्य निन्दनिय भएको समेत बताउनुभयो ।
“प्रहरी राष्ट्र र जनताको सेवक हो । जनताको सेवा गर्नुपर्ने ठाउँमा उल्दै जनतालाई नै मर्का पर्ने खालको गतिविधि गर्नु कानुन विपरितको काम हो” प्रहरी प्रमुख जबराले भन्नुभयो, “आख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै पक्राउ गरेकोले अनुसन्धानको सम्पुर्ण जिम्मा अख्तियारलाई नै हुन्छ । सबै प्रहरी घुषखोर हुन्छन् भन्ने हुँदैन तर केहीको कारणले समग्र प्रहरी जगतकै बदनाम हुन्छ भने कानुन बमोजिम कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
घटना:
बिहिबार जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यारत प्रहरी निरिक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुस सहित पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा अख्तियारले दुवै जनालाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको थियो । जवरजस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाईदिन्छु भन्दै ५० हजार घुस लिएको खुलासा भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्